1 John 3:5 in Nepali

Nepali Nepali Bible 1 John 1 John 3 1 John 3:5

1 John 3:5
तिमीले जान्दछौ कि ख्रीष्ट मानिसहरुको पापहरु हटाउन आउनु भएको हो। ख्रीष्टमा पाप छैन।

1 John 3:41 John 31 John 3:6

1 John 3:5 in Other Translations

King James Version (KJV)
And ye know that he was manifested to take away our sins; and in him is no sin.

American Standard Version (ASV)
And ye know that he was manifested to take away sins; and in him is no sin.

Bible in Basic English (BBE)
And you have knowledge that he came to take away sin: and in him there is no sin.

Darby English Bible (DBY)
And ye know that *he* has been manifested that he might take away our sins; and in him sin is not.

World English Bible (WEB)
You know that he was revealed to take away our sins, and in him is no sin.

Young's Literal Translation (YLT)
and ye have known that he was manifested that our sins he may take away, and sin is not in him;

And
καὶkaikay
ye
know
οἴδατεoidateOO-tha-tay
that
ὅτιhotiOH-tee
he
ἐκεῖνοςekeinosake-EE-nose
was
manifested
ἐφανερώθηephanerōthēay-fa-nay-ROH-thay
to
ἵναhinaEE-na
away
take
τὰςtastahs
our
ἁμαρτίαςhamartiasa-mahr-TEE-as

ἡμῶνhēmōnay-MONE
sins;
ἄρῃarēAH-ray
and
καὶkaikay
in
ἁμαρτίαhamartiaa-mahr-TEE-ah
him
ἐνenane
is
αὐτῷautōaf-TOH
no
οὐκoukook
sin.
ἔστινestinA-steen

Cross Reference

2 Corinthians 5:21
ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।

1 John 1:2
त्यो जीवन हामीमा देखापरेको छ। हामीले त्यसलाई देख्यौं। हामी यस बारे तिमीहरुलाई प्रमाण दिन सक्छौं। अब हामी तिमीहरुलाई त्यो जीवनको विषयमा भनी रहेका छौं। यो त्यो जीवन हो जो चिरस्थायी छ। यो त्यो जीवन हो जो परमेश्वर पितासित थियो अनि हाम्रो अघि देखा पर्यो।

Hebrews 9:28
यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई र्पखिरहेका छन्।

John 1:29
अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।

Hebrews 1:3
पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।

Hebrews 9:26
यदि ख्रीष्टले आफूलाई धेरै पटक चढाउनु भएको भए, सृष्टिको शुरूदेखिनै उहाँले धेरै पल्ट कष्टभोग्नु पर्ने थियो। तर ख्रीष्ट आउनुभयो अनि एकै पल्ट मात्र आफूलाई अर्पण गर्नुभयो। अनि एउटै अर्पण सधैं भरिको लागि पर्याप्त थियो। जब यो संसार अन्त्य तिर नजिकिंदै थियो, येशू यस संसारमा आउनुभयो। आफैलाई एउटा बलि बनाएर पाप हटाउनलाई ख्रीष्ट आउनुभयो।

1 Peter 1:20
विश्व निर्माण अघि नै ख्रीष्ट चुनिनु भएको थियर्यो। तर तिमीहरुको लागि यो अन्तिम समयमा उहाँलाई संसारमा चिनाइयो।

1 Peter 2:22
“उनले पाप गरेनन्, अनि उनको मुखमा कुनै छलको कुरो पाइएन।”

Revelation 1:5
अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरुका शासक हुनुहुन्छ।आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो।

1 John 4:9
यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौं।

1 John 2:1
मेरा प्रिय नानीहरु, म तिमीहरुलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरुले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।

1 John 1:7
परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।

1 Peter 3:18
तिमीहरुको निम्ति ख्रीष्टले सधैंको निम्ति जीवन वलिदान दिनुभयो। उहाँ दोषी हुनु हुन्न थियो, तर उहाँ तिनीहरुको निम्ति मर्नु भयो जो दोषी थिए। तिमीहरु सबैलाई परमेश्वरकहाँ ल्याउनु उहाँले यसो गर्नु भयो। उहाँ शरीरमा मर्नुभयो, तर उहाँलाई आत्मामा जीवित तुल्याइयो।

1 Peter 2:24
ख्रीष्टले हाम्रा पापहरु आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरे र र्धमिकताको कककनिम्ति अनि जे उचित छ त्यसका निम्ति बाँच्ने गरौं। उहाँको चोटहरुले तिमीहरु निको पारियौ।

Hebrews 7:26
यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ।

Hebrews 4:15
हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन।

Hosea 14:2
जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोंच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन,“हाम्रा सबै पापहरू टाढा गरेर जे कुरा राम्रो छ त्यसलाई ग्रहण गर जुन हामीले भनिरहेकाछौ। हामी हाम्रो मुखले तपाईंको स्तुति गाउँछौ।”

Matthew 1:21
उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ।

Luke 23:41
तिमी र म अपराधी हौ हामीले गर्नै पर्छ किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन!”

Luke 23:47
सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।”

John 1:31
उहाँ को हुनुहुन्छ भनेर पनि मैले जानेको थिइन, तर म मानिसहरूलाई पानीले बप्तिस्मा दिदै आँए ताकि यहूदीहरूले जानुन् कि उहाँ ख्रीष्ट हुनुहुन्छ।

John 8:46
म पापको दोषी छु भनेर तिमीहरूमा कसले प्रमाण दिन सक्छौ? म तिमीहरूलाई सत्य भन्दछु किन तिमीहरू मलाई विश्वास गर्दैनौ?

John 14:30
तिमीहरूसंग कुरा गर्ने समय छैन। यो संसारको शासक आइरेहछ । तर ममाथि उसको अधिकार चल्दैन।

Romans 3:24
मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ।

Ephesians 5:25
पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो।

1 Timothy 1:15
म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महापापी हुँ।

1 Timothy 3:16
निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छःउहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो, आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ। उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो, सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो, विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे। अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।

Titus 2:14
उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।

Isaiah 53:4
तर उसले हाम्रा कष्टहरू आफ्नै ठान्यो। उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौं उसलाई परमेश्वरले दण्ड दिनुभयो। हामीले सोच्यौ उसले गरेको दुष्टकर्मको लागि परमेश्वरले दण्ड दिनुभयो।